चार महिनामा १२ करोड बढिको राइस कुकर आयात

काठमाडाैं | मंसिर २७, २०७९

चार महिनामा १२ करोड बढिको राइस कुकर आयात

काठमाडौंँ:   चालू आर्थिक वर्ष २०७८९र८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।


विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।


यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ११ करोड ७६ लाख रुपैयाँभन्दा बढीको राइस कुकर आयात भएको छ । यस्तै, भारतबाट ७७ लाख ७६ हजार रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ ।


यसबाहेक, अन्य मुलुकबाट समेत राइस कुकर भित्रिएको छ । बहरायन, ब्रनाइ, क्यानडा, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबाट समेत राइस कुकर आयात भएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्